2026 April 17/ 07:21: 08am

    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रेशाखाका कार्य समिति सदस्यद्धय देवराज केसी र श्रीराम केसी सम्मानित भएका छन् । देवराज नेपाल टेलिभिजन र श्रीराम अन्नपूर्ण पत्रिकामा आवद्ध छन् । 
    नेपाल प्रेस युनियन काभ्रे शाखाले स्व. उर्मिला सापकोटा डाँडापारी पत्रकारिता पुरस्कार कोषबाट केसीद्धयलाई सम्मान गरेको हो । देवराज २०७४ बाट सम्मानित भए भने श्रीराम २०७५ बाट सम्मानित भएका हुन् । प्रेस युनियन काभ्रे शाखाले पुरस्कार कोष स्थापना गरी सहयोग पु्¥याएको भन्दै स्व. उर्मिलाका बाबु गोपालकृष्ण सापकोटालाई पनि सम्मान गरेको थियो । नेपाली कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यले दोसल्ला, खादा तथा माला सहित सम्मान गरेका थिए । पत्रकारद्धयलाई नगद ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिएको छ । 
    सम्मान कार्यक्रममा नेपाली कांग्रेसका सभापति आचार्य, जिल्ला सचिव दिनेश लामा र विदुर बञ्जारा, क्षेत्रिय सभापति रमेश हुमागाई, नेपाल प्रेस युनियन उपाध्यक्ष इश्वरी ओझा, बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, स्व. उर्मिला सापकोटाका बाबु गोपालकृष्ण सापकोटा, प्रेस युनियन काभ्रे शाखा उपाध्यक्ष नगेन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए । उर्मिलाको ९ वर्ष अघि च्याम्ब्राङ्गबेशीबाट अध्ययन गर्न जाने क्रममा दुर्घटनामा निधन भएको थियो । छोरीको सम्झनामा उनका बाबु गोपालकृष्ण श्रेष्ठले १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका थिए । सोहि अक्षयकोषबाट प्रेस यु्नियनले हरेक वर्ष कृयाशिल पत्रकार प्रेस युनियनमा आवद्ध भएकालाई सम्मान गर्दै आएको छ । 
    कार्यक्रम जिल्ला अध्यक्ष कपिल कोईरालाको अध्यक्षता तथा सचिव मधुसुदन तिमल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।