धुलिखेल/पूर्ण संजीवनी लंखनामाई मा.वि., धुलिखेलमा धुलिखेल नगरपालिका वडा नं. ६ का वडाध्यक्ष संजय कोजूको प्रमुख आतिथ्यतामा पोशाक वितरण गरिएको छ ।
सेन्चुरी बैंकले विद्यालयका २५ जना आर्थिक विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको थियो । विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले विद्यालयमा विपन्न विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराई शैक्षिक कार्यक्रममा सहयोग पु¥याएकोमा धन्यवाद दिएका थिए । विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सुदर्शन श्रेष्ठ, सेन्चुरी बैंक, धुलिखेल शाखाका व्यवस्थापक मनिक सिंह तामाङ तथा सेन्चुरी बैंक, वनेपा शाखाका व्यवस्थापक सुकेश शाक्यले विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रन्जीव श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम विद्यालयका शिक्षक मुरारी हुमागाईले संचालन गरेका थिए ।





