संस्थाको १३ औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम मिति २०७५ फागुन ११ गते, शनिबार, बनेपा–८, चाँदनीचोकमा सफलता पूर्वक सम्पन्न भयो । बिहान ११ः०० बजे देखि २ः०० बजे सम्म सञ्चालन भएको उक्त रक्तदान कार्यक्रमा ३७ जना रक्तदाता सहभागी भई अमुल्य रक्तदान गरेका थिए । समिति, उप –समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने माहनुभावहरुको सकृय उपस्थिती रहेको रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष श्री नवराज के. सी. बाट रक्तदाता तथा रेडक्रसका प्राविधिकहरुलाई क्रमश प्रशंसा–पत्र र मायाको चिनो प्रदान गरिएको थियो । गत बर्ष देखि गरिदै आयको यस कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाले लिएकोे छ ।





