2026 April 17/ 07:30: 21am

    पनौती/स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५ शुरु भएको छ । महाशिवरात्रीको पावन अवसर पारी आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोककल्याण समस्त जीवात्माहरुको सुख शान्ति एवं समस्त ज्ञात अज्ञात आत्माहरुको मोक्ष प्राप्तिका हेतुले तिलेश्वर महादेव मन्दिरको प्रचार प्रसार एवं विकास तथा पुर्ननिर्माणका लागि महायज्ञ आयोजना गरिएको हो ।
    महायज्ञको उद्घाटन प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले गरेका थिए । कार्यक्रमा स्थानीय सरकारका जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । बेथान्चोक गाउँपालिका वडा नम्बर ४ पाटीखर्कमा रहेको उक्त मन्दिरको पुर्ननिर्माणका लागि संयोजक कृष्णबहादुर लामा,  सह संयोजक किरण कार्की लगायतले तिलेश्वर महादेवकोे इतिहास र किवदन्तीका बारेमा जानकारी गराएका थिए । कथा ब्यास राष्ट्रिय विभुषित नारी रत्न विदुषी सुश्री अनुराधा शास्त्रीजीको मुखारविन्दुबाठ हुने अमृतय श्रीमद्भागवत भक्ति सत्सगं महायज्ञबाट संकलित रकमले उक्त कार्य गर्ने सह संयोजक किरण कार्कीले बताए । 
    महायज्ञ फागुन २१ गतेसम्म संचालन हुनेछ । बेथान्चोक गाउँपालिकाको पर्यटकिय, धार्मिक र सांस्कृतिक क्षेत्रका रुपमा विकास गर्ने र उक्त महादेवको दर्शन गर्दा समस्त नेपाली तथा दर्शनावलीहरुको कामना पुग्ने भएकाले त्यस स्थानको प्रचार प्रसारका लागि पहिलो पटक महायज्ञ मार्फत कार्य शुरु गरिएको संयोजक कृष्णबहादुर लामाले बताए । पुर्ननिर्माणका लागि प्रारम्भिक योजना अनुसार झण्डै २ करोड लाग्नेछ ।