2026 April 17/ 07:30: 22am

    भकुण्डे/नाङ्गशाल एशोसिएसन नेपालको आयोजना, युनेस्कोको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको संयोजनमा भकुण्डेमा पाँच दिने तालिम शुरु भएको छ । तालिमको शुरुवात नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले गरेका थिए । 
    भोली शुक्रबार तालिमको समापन नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा समापन हुनेछ । तालिमका सहभागिहरुलाई आचार्यले प्रमाणपत्र वितरण गर्नेछन् । तालिमको उद्घाटन गर्ने क्रममा शाखा अध्यक्ष तिमल्सिनाले सहभागिहरुलाई आधारभुत पत्रकारिता तालिमबाट भविश्य खोज्ने ब्यक्तिलाई महत्वपूर्ण भएको बताए । पत्रकारिताका सम्भावना धेरै भएकाले युवाहरुको आर्कषण बढिरहेकाले ब्यवसायीकता सहितको पत्रकारिताका लागि कृयाशिल हुन सहभागिहरुलाई तिमल्सिनाले आग्रह गरे । कार्यक्रममा बरिष्ठ पत्रकार सिताराम अग्रहरी, संस्थाका कार्यकारी निर्देशक गुणराज मोक्तान, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारी लगायतले पत्रकारिता क्षेत्रका सम्भावना, अवसर र चुनौतीका बारेमा मन्तब्य राखेका थिए । अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोपोन्मुख, सिमान्तकृत समुदायका २० जना सहभागि छन् । आधारभुत पत्रकारिता तालिम सम्पन्न भए लगत्तै तीन महिना प्रशिक्षार्थी पत्रकारका रुपमा काम गराउने र पुनः एडभान्स तालिम प्रदान गरिनेछ ।