पनौती/पनौती नगरपालिका ८ मल्पीमा छोरी १७ वर्षिया उमिता मंग्रातिले बाबुको काजक्रिया गरी समाजमा उदाहरणीय बनेकी छिन् ।
दलित परिवारमा जन्मिएकी उमिताले छोराले मात्र काजक्रिया गर्नु पर्छ भन्ने मानसिकताबाट मुक्त भएर आफ्नो बाबुको काजक्रिया गरेको बताईन् । बुबाले संसार छाड्नु अघि बाबुले म मरेपछि मेरो काजक्रिया तिमिले नै गर्नु है भनेको सम्झदै उमिताले भनिन्– ‘बाबुको ईच्छा र मेरो कर्तब्य भएको बताईन् ।’ सिदार्थ बनस्थली ईन्ष्टिच्युटको कक्षा १० मा अध्ययनरत उनले छोरा र छोरीमा फरक नभएकाले हरेक कुरामा परिवारको दायित्व सम्झेर काम गर्ने गरेको बताईन् । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले कमाउने बाबुको नै मृत्यु भए पछि आर्थिक समस्या पर्ने भएको छ । ‘भर्खर कक्षा १० मा अध्यनरत छु, अब मैल कमाउने कि पढ्ने ? आमाको हेरचाह गर्ने पिरलो भएको छ’–उनल बताईन् –‘पढ्न पाईन भने नेपाली सेनामा जागीर खाई देशको सेवा गर्ने चाहना छ ।’ उनको परिवारलाई वडा कार्यलयबाट सकेको सहयोग गर्ने वडा अध्यक्ष केशब बञ्जाराले बताए । वडाबाट गर्न सकिने जति सहयोग गर्न तयार रहेको उनले बताए । जनप्रतिनिधी भने कै जनताको सेवक भएकाले जनताले दुख पाएको हेरेर बस्न नसकेको बञ्जाराले बताए ।
त्यसै गरी शिक्षासेवी डा. अम्भुभवानी कार्कीले उनको उच्च शिक्षाको लागि तेजगगां क्याम्पसले सहयोग गर्ने बताईन् । ‘२०४९ सालमा बाबुको काजक्रिया गर्दा समाजले अनौठो मानेका थिए, छोरीले पनि काजक्रिया गर्न हुन्छ र गर्ने नेपालमा म मात्र थिए, पछि विस्तारै सबैले गर्न थालेका छन् यो एउटा समाज परिवर्तको उदारण हो’–डा. अम्बुभवानी कार्कीले बताईन् । छोरा र छोरी समान भन्ने अनि काजक्रिया छोराले मात्र गर्नु पर्छ भन्ने समाजलाई उमिताले साहस गरी आफ्नो बाबुको काजक्रिया गरेकोमा उनले धन्यबाद दिएकी थिईन् । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा सबै महिला दिदिबहिनीहरुले परिवर्तन गर्न सक्छन् भन्ने उदाहरण धेरै देखिन थालेका छन् ।





