2026 April 17/ 07:30: 21am

     पनौती/बैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश पुगेर फर्किएकाहरुले रिटर्नी माईग्रेट नेपाल काभ्रे जिल्ला समिति गठन गरेका छन् ।
    पनौतीमा आयोजित भेलामा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले दिनेशकुमार बजगाईको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष पुष्पा बञ्जारा, सचिव रामशरण दाहाल, कोषाध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सदस्यहरु राजन सापकोटा, रमेश तिमल्सिना, राधिका तिमल्सिना, बुद्धिमान विक, गोविन्दप्रसाद चौलागाई, बुद्ध श्रेष्ठ रहेका छन् । 
    भेलामा रिटर्नी नेपालका केन्द्रिय अध्यक्ष उत्तम अधिकारी, अजिता ठकुरी, रामशरण दाहाल, केन्द्रिय कोषाध्यक्ष काशीराम ढुंगाना, प्याब्सन काभ्रेका अध्यक्ष पुर्णकुमार श्रेष्ठ लगायतले विदेशमा हासिल गरेको ज्ञान सिप र मेहनत नेपालमै लगानी गरी मुलुकलाई सम्वृद्ध बनाउनु पर्नेमा जोड दिएका थिए ।