2026 April 17/ 07:31: 33am

    बनेपा/पिपुल्स साकोसको सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिद्धारा तिर्थाटन कार्यक्रम नेपालथोक स्थीत कुशेश्वर महादेव एवं मंगलटारको भिमसेन मन्दिर  दर्शन गरी सम्पन्न भएको छ । 
    कार्यक्रममा अयोजक उप–समिति, समिति, उप –समिति तथा कर्मचारी र जेष्ठ सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष निरन शाक्यको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा जेष्ठ सदस्यहरु एक आपसमा चिनाजान एवं थोरै भए पनि दैनिकी भन्दा पृथक अनुभुती गरेको बताएका थिए । 
    त्यस्तै संस्थाको महिला सशक्तिकरण तथा बाल विकास उप–समितिद्धारा ‘बाल खेलकुद तथा विविध कार्यक्रम’ समिति, उप–समिति, कर्मचारी तथा बाल बचतकर्ताहरुलाई स्थीत चाइना टाउन खेलकुद मैदानमा  एक दिने बाल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ८–१५ वर्ष सम्मका बाल बचतकर्ता सहभागी थिए । सियो धागो, बेलुन फुटाउने तथा तातो आलु खेल खेलाइएकोमा सियो धागो खेलमा समिर सुवाल, आदित्य गौतम र स्मृती बुढाथोकी क्रमशः प्रथम द्घितिय र तृतिय भएका थिए त्यस्तै बेलुन फुटाउने खेलमा मञ्जिल भट्टराई, आदित्य गौतम र सुसान्त अधिकारी क्रमशः प्रथम द्घितिय र तृतिय भएका थिए र तातो आलु खेलमा लाल काजि प्रधान, बालकुष्ण तिमल्सिना र मञ्जिल भट्टराई क्रमशः प्रथम द्घितिय र तृतिय भएका थिए । विजयी बाल बचतकर्ताहरुलाई कार्यक्रम संयोजक मञ्जु कायस्थले पुरस्कृत गरेकी थिईन् ।