2026 April 17/ 07:31: 34am

पनौती/साहित्यकार सुभद्रा दाहालद्वारा लिखित दुई बाल कविता संग्रह अक्षरमार्ग मार्फत सार्वजानिक गरिएको छ । 
    नेपाल बाल साहित्य समाजका अध्यक्ष शैलेन्द्र प्रसाद नेपाल तथा पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले संयुक्त रुपमा दुई कृति लोकार्पण गरेका थिए । पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि शैलेन्द्र प्रसाद नेपालले साहित्य रचनामा कुनै बार बन्देज नहुने भन्दै सर्जक सधै तन्नेरी रहने बताए । प्रकाशकका तर्फबाट कार्यक्रममा बोल्दै अक्षरमार्गका अध्यक्ष सूर्य प्रसाद लाकोजुले पनौती क्षेत्रमा रहेर साहित्यको क्षेत्रमा कार्य गर्दै आएको र यसलाई निरन्तरता दिइरहने बताए । बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिके घिमिरेले बालसाहित्यको रचना गर्दा बालबालिका सँग नजिक रहेर रचना गर्नु पर्ने बताएका थिए । कार्यक्रममा साहित्यकार देवकुमारी लुइँटेलले दुवै कृतिको समिक्षा गरेकी थिइन् । 
    कार्यक्रममा बोल्दै कृतिका लेखक सुभद्रा दाहालले साहित्य सेवामा निरन्तर लागि रहने बताइन । दहालले बाल कविता संग्रहहरु आकासका जून र नानीको फूलबारी नामक कृतिहरु रचना गरेकी हुन् । 
कार्यक्रमा  विभिन्न क्षेत्र सँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अक्षरमार्गका अध्यक्ष सूर्य प्रसाद लाकोजुको सभापतित्वमा सम्पन्न भएको थियो ।