2026 April 17/ 07:31: 33am

     बनेपा/सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल, काभ्रेको पाँचौ बार्षिक दिवस तथा बनभोज कार्यक्रम केन्द्रिय अध्यक्ष बेदनिधी निरालाको प्रमुख सम्पन्न भएको छ । 
    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्यामप्रसाद पाण्डेय, बनेपा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष सचितानन्द केसी, वडा नम्वर ३ का अध्यक्ष कृष्णप्रसाद दाहाल, वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारी, वडा नम्वर १४ का अध्यक्ष गौरी राउत, बरिष्ठ निवृत्त शिक्षकद्धय दामोदर अधिकारी र तुयुकाजी ताम्राकार, ८७ बर्षिय निवृत्त शिक्षक रामप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष थापाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो भने कोषाध्यक्ष दण्डपाणी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी निरालाले सेवा निवृत्त राष्ट्र सेवक संघ देशका सबै जिल्लामा रहेको र यसले मुलुकको हितका लागि आवश्यक सल्लाह, सुझाव दिदै आएको बताए । जिल्लाहरुमा काभ्रेपलाञ्चोकका गतिविधि उत्कृष्ट १० मा पर्ने बताउँदै निरन्तर सक्रिय हुन उनले आग्रह गरे । जिल्ला संघले प्रारम्भ गरेको आजिवन सदस्य सहयोग कोषमा सर्वाधिक रकम प्रदान गर्ने सदस्य सुर्यभक्त श्रेष्ठलाई बर्ष पुरुषका रुपमा सम्मान गरिएको थियो । साथै आजिवन सदस्यता प्राप्त गर्ने ११ जनालाई सदस्यता वितरण गरिएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष यादव थापाको अध्यक्षता तथा सचिव शारदाप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।