बनेपा/तेमाल गाउँपालिकाले मिति २०७५ साल मंसिर ८ गते राष्ट्रिया दैनिक पत्रिका अन्नपुर्ण पोष्टमा निकालिएको बालुवा, ग्रवेल संकन एंव बिक्रि शुल्क संकलन गर्नको लागि टेण्डर निकालिए अनुसार तेमाल गाउँपालिका वडा नं २ को चुखाबेसी बगर र तेमाल गाउँपालिका वडा नं ३ चिउरी आँप बगरको बालुवा, ग्रवेल संकन एंव बिक्रि शुल्क संकन गर्नको लागि तेमाल गाउँपालिका संग भएको सम्झौता अनुसार कार्य गर्न अवरोध सिर्जना गरिएको छ ।
विना लगानी शेयर दिनु पर्ने वताउँदै स्थानीय संघर्ष समितिका नाममा वालुवा उत्खननमा अवरोध पु¥याएको प्रोपाईटर सत्यमान लामाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । २०७५ साल माघ ६ गते देखि काम गर्न पहिलो पक्ष तेमाल गाउँपालिका र हाम्रो कम्पनी संग सम्झौता भएको थियो । पहिलो पक्ष तेमाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने र कम्पनीको तर्फबाट सत्यमान लामा संग सम्झौता भएको थियो । बिगतमा बालुवा अनाधिकृत रुपमा निकाल्ने केहि ब्यक्तिहरुले बिना लागनी शेयर चाहियो भन्दै काम रोक्ने र कानुनी रुपमा नेपाल सरकारलाई फाइदा हुने टेण्डरबाट काम गर्न खोज्दा केहि ब्यक्तिहरुले काम नै अवरोध हुने तरिकाले अवरोध गरिरहेको पत्रकार सम्मेलनमा सत्यमान लामाले जानकारी दिए । स्थानियहरु बिना लगानी सेयर चाहियो भन्दै तेमाल गाउँपालिका वडा नं २ बस्ने रेशम तामाङ, बुद्ध लामा, कृष्ण लामा र तेमाल गाउँपालिका वडा नं ३ बस्ने चन्द्रमान लामा, प्रेम तामाङ, मेघ बहादुर लामा र तेमाल गाउँपालिका वडा नं ६ बस्ने डेनी भन्ने टेन्सन लामा लगायतको समुहले कानुनी प्रक्रियामा बोलपत्र पुरा गर्दा कम्पनीका कामदारहरुलाई काम नै अवरोध गराउने र कामलाई नै रोक्ने काम गरिरहेको उनले बताए ।
ब्यवसायीहरुलाई यस्ता बिना लगानी बलको तुजुक देखाएर र्तसाउन खोज्ने ब्यक्तिहरुाई छिटो भन्दा छिटो कानुनी प्रक्रियामा लगेर कार्वाहि गर्न प्रशासन समक्ष उजुरी समेत गरिएको छ । गुण्डा गर्दी शैलीमा शेयर माग गर्न खोज्नेहरुलाई हदैसम्मको कार्वाहि गर्न सत्यमान लामाले माग गरेका छन् ।





