बनेपा/ट्रिपर ब्यबसायी सघंको ८ औ साधारण सभावाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ ।
निर्वाचित पदाधिकारीहरुलाई नेपाल यातायात राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बधाई तथा शुभकामना दिदै विगतमा जस्तो ब्यबसायीहरु आतिनु पर्ने अबस्था नरहेको बताएका थिए । ब्यबसायी फुटेर होईन जुटेर मात्र सबै ब्यबसायीको हित हुने भन्दै ट्रिपरलाई लागेको आरोप कसरी सुधार गर्न सकिन्छ सबै ब्यबसायीहरुले सोच्नुपर्ने बताए । ‘ब्यवसायी र मजदुरको हित विपरित रहेको उक्त ऐनको दफा शंशोधनका लागि सरकार र ब्यवसायी बीच भएको सहमति कार्यान्वयन तर्फ उन्मुख छ’–अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने–‘ब्यवसायी र सरकारकै हितका लागि पनि उक्त ऐन संशोधन आवश्यक छ ।’ उक्त ऐनले १ सय भन्दा धेरै सवारी साधन दर्ता गर्न नसक्ने ब्यवस्था गरेको बताउँदै कर्माचार्यले देशभर महासंघमा रहेका ३ हजार चार सय गाडी रहेकाले उक्त ऐन संशोधन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल यातायात राष्ट्रिय ब्यबसायी महासघंका उपाध्यक्ष जितबहादुर भारती, नेपाल उद्योग बाणिज्य संघका कन्द्रिय सदस्य सुरकृष्ण बैद्य, हिमाल तराई यातायात सेवा समितीका अध्यक्ष आत्माराम थापा, हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, काभ्रे मिनिबस सेवा समितीका अध्यक्ष राजेश सुन्दर सैजु, काभ्रे बस ब्यबसायी सघंका अध्यक्ष बर्ण शाक्य, अरनिको यातायात सेवा समितीका अध्यक्ष श्याम लामा लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
साधारण सभा बाट प्रेम लामाको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो । बरिष्ठ उपाध्यक्षमा सुरेश खत्री,उपाध्यक्ष नबिन बैध ठाकुर गौतम, सचिब नरेन्द्र बादे, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ, सह–सचिब राजेश खत्री, सह–कोषाध्यक्ष कुमार हुमागाई तथा सदस्यहरुमा योगेन्द्र लामा, केशबरमण उप्रेति, राजन प्रसाद पोड्याल, निर्मल श्रेष्ठ र विमलकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । कार्यक्रममा नवर्निविाचित अध्यक्ष प्रेम लामाले ब्यबयलाई अनुशासित र मयादित बाउन सक्दो लागिपर्ने बताए । सबै ब्यबसायीहरुले भोग्दै आएको समस्याहरुलाई सबन्धित पक्ष सगं बसेर समाधान गरिने समेत बताएका थिए । कार्यक्रममा निर्वतमान अध्यक्ष शेर बहादुर कुवंरले सबै ब्यबसायीहरु एक जुट भई नेपाल सरकारले रातिको समयमा मात्र उपत्यकामा सञ्चालन गर्न दिएको टिपरलाई समय बढाउन दबाब दिनु पर्ने बताएका थिए । ठेकेदारमा आफ्ना मात्र टिपरलाई उपत्यकामा छिर्न दिएर पक्षपात गरिरहेकाले सबै टिपरहरुलाई छिर्नदिुन पर्ने माग गरेका थिए ।
कार्ययक्रमा टिपरका कार्यलय प्रमुख प्रकाश कायस्थले ८ सय वटा टिपर दर्ता भएका र सबै टिपरहरुलाई सघंमा नियमित नविकरणगरी ब्यबयासायीहरु एक हुनु पर्ने बताएका थिए ।





