2026 April 17/ 07:21: 08am

    बनेपा/विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं स्थापना दिवस तथा रजत महोत्सव कार्यक्रम बनेपामा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रबाट सहकारीमा संलग्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
    अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय सदस्य उद्धव सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, काभ्रे सेवा समाजका अध्यक्ष केशव थापा, सहकारीका संस्थापक भरत शर्मा, चण्डेश्वरी साकोसका अध्यक्ष विकास बादे तथा अन्य सहकारीका अध्यक्ष प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना लगायतले विन्धबासिनी सहकारीले समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । सचिव रामशरण भण्डारीले संचालन गरेको कार्यक्रम संस्थाको तर्फबाट विभागिय ब्यवस्थापक त्रिलोचन घिमीरेले सहकारीको हालसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए । ३७ हजार ८ सय ४५ जनालाई सेवा दिएको उक्त सहकारीमा १ हजार ४ सय ६२ समुह रहेका छन् भने ३० हजार ९ सय ९० शेयर सदस्य र ६ हजार ८ सय ५५ शैक्षिक बाल बचतककर्ता छन् । २ अर्ब ३५ करोड बराबरको सम्पती रहेको उक्त कार्यक्रममा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।
    कार्यक्रममा दलित शैक्षिक बचत कर्ताहरु मध्येबाट यासिका नेपाली ढुंखर्क, विपासा सुर्खेती सुन्थान र अस्मिता नेपाली खोपासीलाई नगद ३ हजार छात्रवृत्ति प्रदान गरिएको थियो । उत्कृष्ट लघुवित्त समुहहरु काशीविशेश्वर महिला बचत समुह, फुलचोकी महिला बचत समुह, शितल बस्ति महिला समुह, हनुमानगढी महिला समुह, गुरुगणेश महिला बचत समुहलाई नगद १ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट मिश्रीत बचत समुह मयलबोट युवा जागृति, काशीविशेश्वर, गणेश बचत समुह, लामिडाँडा बचत समुह र नारायणस्थान बचत समुहलाई नगद १ हजार सहित सम्मान गरिएको थियो । अधिकतम शेयर खरिद कर्ता प्रभा लामा च्यासिङ्गखर्क, मिरा बानियाँ पाँचखाल, ठाकुर कुमारी तिमल्सिना पनौती, राजेन्द्र श्रेष्ठ पनौती र रामप्रसाद धिताल पातलेखेतलाई सम्मान गरिएको थियो । उत्कृष्ट बचत समुह, उत्कृष्ट शैक्षिक बाल बचतकर्ता, जेष्ठ÷अपाङ्ग सदस्य सम्मान र भत्ता वितरण, २९ जना शेयर सदस्यहरुलाई असल ऋणी सदस्य सहुलियत परिचयपत्र वितरण गरिएको थियो । त्यस्तै उत्कृष्ट क्षेत्रिय अन्तर समिति र कर्मचारी पुरस्कार वितरण गरिएको थियो ।
    स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।