बनेपा/बनेपा नगरपालिका वडा न ११ को भवन उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त कार्यालय उद्घाटन गरेका थिए । स्थानीय तह अनुसार साविक गाउँ विकास समिति जनागाललाई दुई वडामा विभाजन गरेपनि निर्वाचन पछि पनि एउटै भवनबाट उक्त कार्यालय संचालन भईरहेको थियो ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले निर्माण र समृद्धिको दिशामा अगाडि बढको बताए । सरकारको एक बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शार्मा ओलीले दिनुभएको मन्तव्यमा प्रतिपक्षहरुले शुन्य काम भएको भन्ने प्रतिक्रिया दिएको प्रति लक्षित गदै मन्त्री बाँस्कोटाले हेर्ने, देख्ने र सुन्नेमा चै शुन्यता भएको बताए । यसबर्ष सरकारले ठुलाठूला आयोजनाहरुको शिलान्यास र उद्घाटन गरिरहेको स्मरण गराउँदै कराउने कराई रहन्छ सरकार काम गरिरहने बताए ।
कार्यक्रममा प्रदेश सभा सांसद बसुन्धरा हुमागाई, बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं बादे, उपमेयर रेखा दाहाल, वडा न ११ का अध्यक्ष शिवकुमार थापा लगायतले जनताको शासक होइन सेवक भएर काम गर्न लागि रहेको बताए ।





