2026 April 17/ 07:20: 06am

    देविटार, धुलिखेल/सुनौलो देविटार युवा क्लव देविटार, धुलिखेल काभ्रेको आयोजनामा शनिबार २८५५ औ (सुँगुर वर्ग) सोनाम ल्होसार कार्यक्रम पूर्व मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    क्लवका अध्यक्ष विजय लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङले मुलुकको हित र विकासका लागि तामाङ समुदायको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाले तामाङ समुदाय लगायत सबै समुदायको हितका लागि परिषद्हरु गठन गरेर कार्य गरिरहेको बताए । सांस्कृतिक, भाषिक, ऐतिहासिक संरक्षणका लागि नगरपालिकाले देशमै पहिलो पटक नमुना कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा उपप्रमुख विमला शर्मा, नेकपा नेता इन्द्रबहादुर थिङ्ग ‘छिन्ताङ्ग’ नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष रमेश घोरसाईने, बुद्ध गुरु वाङ चु लामा, नेपाल तामाङ घेदुङ्ग संघका केन्द्रिय सदस्य डिलबहादुर थोकर, जिल्ला उपाध्यक्ष पञ्चलाल घिसिङ्ग, आयोजक संस्थाका जिवन बल तामाङ, विभिन्न क्षेत्रका ब्यक्तिहरु लगायतले ल्होसारका बारेमा चर्चा गरेका थिए ।
    बृहत्त सांस्कृतिक कार्यक्रम समेत रहेकाले उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती गरेका थिए । कार्यक्रम जगत तामाङ र सम्झना तामाङले संचालन गरेका थिए ।