2026 April 17/ 06:03: 57am

दुई राजमार्ग जोड्ने सडक शिल्यान्यास
    धुलिखेल/बनेपा सिन्धुली राजमार्ग देखि अरनिको राजमार्ग जोड्ने सडकको शनिबार धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले शिल्यान्यास गरेका छन् । 
उक्त सडक निर्माणका लागि नगरपालिकाको तर्फबाट ६० लाख, प्रदेश सरकारबाट ३० लाख र जनसहभागिता १८ लाख गरि १ करोड ८ लाख खर्च गर्ने योजना छ । सडक शिल्यान्यास कार्यक्रममा वडा अध्यक्ष विष्णु धिताल लगायत अन्य जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो । 

बालमैत्री सिढी निर्माण शुभारम्भ
धुलिखेल नगरपालिका ११ को फस्कोटे देखि हनुमान खर्कसम्मको सडकमा बालमैत्री सिँढी निर्माण शुरु गरिएको छ । दैनिक एक सय भन्दा धेरै बालबालिकाहरु उक्त सडक हुँदै विद्यालय जाने आउने गर्छन भने सर्वसाधारणहरु समेत गरी उक्त सडकको प्रयोग गर्दै आएका छन् । उक्त सडकमा सिँढी निर्माणका लागि नगरपालिकाबो तर्फबाट २ लाख, हशेरा कृषि फर्मबाट १ लाख २० हजार र नपुग २ लाख ८० हजार जनसहभागिता समेत गरी ६ लाख रुपैयामा खर्च गरिने छ । कार्यक्रममा वडा अध्यक्ष विष्णु धिताल लगायतको सहभागिता रहेको थियो । 

उपभोक्ता समितिलाई तालिम
    धुलिखेल/धुलिखेल नगरपालिकाले सबै वडामा गठन भएका उपभोक्ता समितिहरुलाई तालिम दिएको छ । उपभोक्ता समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम मार्फत विकास निर्माणमा सहजता प्रदान गरिएको हो ।
    तालिममा प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, बरिष्ठ लेखा अधिकृत धनबहादुर बस्नेत, शाखा अधिकृत विदुर गौतम लगायतले उपभोक्ता समितिले निर्माण कार्य गर्नु अघि र गरिसकेपछि ध्यान दिनु पर्ने विषयमा जानकारी गराईएको थियो । झण्डै २ सय वटा उपभोक्ता समितिलाई क्षमता विकास तालिम दिईएको छ । उक्त तालिमले योजनाहरुको समयमै सम्पन्न र गुणस्तरीय काममा सहयोग पुग्नेछ भने निर्माण सम्पन्न भएपछि पेश गर्नु पर्ने आवश्यक कागजात तथा भुक्तानी प्रकृयामा समेत सहजता हुनेछ । वडा नम्वर १ देखि १२ वडासम्म गठन भएका सबै उपभोक्ता समितिका पदाधिकारीहरुलाई पालैपालो तीन दिनसम्म तालिम प्रदान गरिएको थियो ।      

१८ करोड लागतमा ट्रिटमेन्ट प्लान्ट
    धुलिखेल/धुलिखेल नगरपालिकामा ट्रिटमेन्ट प्लान्ट शुरु भएको छ । नगरपालिका उपप्रमुख विमलाकुमारी शर्मा चौलागाईले एक कार्यक्रमका बीच प्लान्ट निर्माण कार्यको शुभारम्भ गरेकी थिईन् । 
    १८ करोड लागतमा निर्माण हुन उक्त ट्रिटमेन्ट प्लान्टमा धुलिखेल नगरपालिका वडा नम्वर ३ र ४ का वडाको ढल ब्यवस्थापन गरिनेछ । शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष रविन्द कर्माचार्य, इन्जिनियर हरेराम हुमागाई लगायतले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण ब्यवसायीलाई अनुरोध गरेका थिए ।