धुलिखेल/नाङ्गशाल एशोसिएसन नेपालले सन् २०१९ मा गरिने कार्यक्रमहरुका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ । जिल्ला सल्लाहकार समितिको बैठकमा २०१९ का कार्यक्रमका बारेमा जानकारी गराएको हो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा प्रमुख अतिथी थिए । विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा नाङशालमा संचालन हुने कार्यक्रमहरुका बारेमा अधिकृतहरुले जानकारी गराएका थिए । कार्यक्रममा नाङशालका अध्यक्ष दिनेश लामाले संचालित कार्यक्रमहरुमा सबैको सहयोग आवश्यक रहेको बताए । रोशी र नमोबुद्धमा पहुँच कार्यक्रम, धुलिखेल, खानिखोला र बेथान्चोकमा विद्यालयमा बालमैत्री वातावरण कार्यक्रम, विद्यालय भवन निर्माण तथा मिडिया तालिम र विपद ब्यवस्थापन लगायतका कार्यक्रमहरु संचालन भईरहेका छन् ।





