2026 April 17/ 06:03: 30am

    धुलिखेल/चक्रदेवी आधारभूत विद्यालयको भवन हस्तान्तरण तथा उद्घाटन नेपाल नगरपालिका सघंका अध्यक्ष तथा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुले गरेका छन् । 
    भवन उद्घाटन गर्दै ब्यान्जुले नगर भित्रको शिक्षालाई गुणस्तर बढाउनको लागी आफु लागिरहेको बताएका थिए । सरकारी विद्यालयमा विद्यार्थीहरुले अध्ययन गर्न लगाई सरकारी लगानी खेर जान नदिन स्थानिय अभिभावकहरु आग्रह गरेका थिए । शैक्षिक क्षेत्रमा आफुले गर्नुपर्ने सहयोगमा कुनै कसरत बाँकी नराख्ने समेत बताएका थिए । कार्यक्रममा ८ नं वडा अध्यक्ष निरञ्जन जगंम, नाङशाल एशोसिएसनका अध्यक्ष दिनेश लामा, नाङशालका कार्यक्रम संयोजक गुणराज मोक्तान, जिल्ला आयोजना कार्यान्वयन ईकाईका श्रीया झा, छुङछङ प्रदेश शिक्षा कार्यालयको अन्तराष्ट्रिय र्शैक्षिक स्वयमसेबक नेपाल समुहका खाङ दे सक लगाएतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयको भवन ६४ लाखमा निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिएको नाङशाल एशोसिएनका अध्यक्ष दिनेश लामाले बताए । 
    कार्यक्रममा विद्यालयकी शिक्षिका तथा सामाजिक अभियन्ता चिनिमाया लामाले विद्यालय भवन निर्माण गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएकी थिईन् । विद्यालयको गुणस्तर बृद्धि गर्न शिक्षक र अभिभाबक जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी थिईन् । कार्यक्रम विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष भिम घलानको सभापतित्वमा सम्पन्न भएको थियो ।