अध्यक्षमा पूर्ण कुमार निर्वाचित
बनेपा/निजी तथा आवासिय मावि विद्यालय अर्गनाईनेजशन (प्याब्सन) काभ्रेको १३ औे जिल्ला अधिबेशन सुचना तथा सञ्चार प्रविधी मन्त्रालय मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले निजि विद्यालयहरु प्रति सरकारको नकारात्मक केहि पनि नरहेको बताएका छन् । निजि विद्यालयहरुले पनि दिने शिक्षा र सामुदायीक विद्यालयहरुले पनि दिने शिक्षा एउटै भएकाले शिक्षा प्रति नकारात्मक नरहेको बताए । निजिले अभिभाबक हरुले तिर्न सक्ने गरी र ठाउँ अनुसारको शुल्क लिन पर्ने उनले बताए । मन्त्री बास्कोटाले भर्नाका नाममा शुल्क मन लाग्दी उठाउने, छात्राबृत्ति दिन कन्चुस्याई गर्ने सधै राज्यले नकारात्मक आखाँले मात्र हेरिरहेको छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । निजी विद्यालयले पनि आफ्नो शिक्षा प्रतिको दायित्व नर्विसीकन शिक्षा दिन आग्रह गरेका थिए । शिक्षा ऐन छिटै ल्याउन लागिएकाले निजी विद्यालयलाई पनि छलफलमा समाबेश गरिने भएकाले नआतिन आग्रह गरेका थिए । सरकारले चिकित्सा शिक्षा ऐन ल्याएर एउटा सफलता प्राप्त गरिसकेकाले अब शिक्षा लगाएतका ऐनहरु चाडै आउने बताए । कार्यक्रममा प्याब्सनका अध्यक्ष सत्यनारायण श्रेष्ठले जिल्लामा १०५ वटा निजी विद्यालयहरु रहेको, ३ हजार जनाले प्रत्यक्ष रोजगार पाएका, जिल्लामा ३ पटक सम्म एसएलसी तथा एसर्ईईमा नेपाल टप गरी नाम राख्न सफल भएको, ६ वटा नगरपालिका र २ वटा गाउँपालिकामा निजी विद्यालय रहेको जनाएका थिए । निजी विद्यालय सञ्चालनमा समस्या रहेको, सरकारले राम्रो आखाँले नहेरेको लगाएतका समस्या रहेको बताएका थिए । कार्यक्रममा निर्बतमान अध्यक्षहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धब केसी लगाएतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रम अध्यक्ष सत्यनारायण श्रेष्ठको सभापतित्वमा र सचिब मेहेन्द्र थिङको सञ्चालनमा सम्पन्न भएको थियो ।
अधिबेशनको बन्द सत्रले नीति तथा कार्यक्रम र बजेट पास गर्दै निर्वाचनबाट नयाँ समिति चयन गरेको थियो ।





