2026 April 17/ 07:20: 12am

    बनेपा/एसियाली ऋण महासंघबाट संचालित एक्सिस ब्राण्ड कार्यक्रम अन्र्तगत ब्रोन्ज ब्राण्ड प्राप्त गर्न सफल बुडोल सामुदाियक बचत तथा ऋण सहकारी संस्था लि.को २० औ वार्षिक उत्सव राष्ट्रिय सहकारी महासंघ लि नेपालका अध्यक्ष केशबप्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै बडालले देश संघिय संरचनामा गईसकेको सन्दर्भमा संघ प्रदेश र स्थानीय सरकारको साझा कार्य सुचिमा सहकारी रहेको हुदाँ सहकारी क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने बताए । सहकारीहरु छरिएर होईन एकिकरण गरेका मात्र अब सफल हुने बताए । सहकारीहरुले उत्पादन क्षेत्रमा कानुन पर्याप्त नभएकाले छिटै थप कानुन ल्याउनलाई महासघंले पहल गरिरहेको बताए । सहकारीहरुले अब आफ्ना सदस्यहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा तथा उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने बताए । कार्यक्रममा बडालले बुडोल सामुदायीक एशियाकै पाँचौ नम्बरमा परेकाले अन्य सहकारीहरुले सहकारी अभिभावक सम्झी अगाडी बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिका अध्यक्ष डि वि बस्नेत, चण्डेश्वरी साकोसका अध्यक्ष विकास बादे, नेपाल पत्रकार महासघंका उपाध्यक्ष रमेश न्यौपाने लगाएतका ब्यक्तिहरुले शुभकानमा मन्तब्य राखेका थिए । 
कार्यक्रममा संस्थाका गतिबिधिका बारेमा प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले राखेका थिए । संस्थाको पुष मसान्त सम्मको शेयर पुजीं ९ करोड ४६ लाख ४४ हजार २ सय, बचत हिसाब ६४ करोड २३ लाख १ हजार ९ सय ऋण लगानी ८२ करोड ४६ लाख ४३ हजार ५ सय, सदस्य सख्या १५ हजार ५ सय २४ रहेको जानकारी दिएका थिए । एशियाली स्तरको मापदण्ड कायम गर्दै सञ्चालित संस्थाले सदस्यको सेवा तथा सुविधालाई ध्यानमा राखि बचत सेवा, ऋण सेवा आर्थिक सुरक्षा कार्यक्रम, विप्रेषण सुबिधा र विविध गतिविध कार्यक्रम मार्फत प्रबिधिको प्रयोग सँगै छिटो र विश्वाशिलो सेवा दिन सकेको वताएका थिए । संस्थाको करिब १ अरब बराबरको सम्पति रहेको, संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दे आईरहेको उनले बताएका थिए । 
कार्यक्रममा उत्कृष्ट १५ जना सदस्यहरुलाई नगद सहित सम्मान, उत्कृष्ट कर्मचारी मुकुन्द पराजुली बुसा राष्ट्रिय सम्मान पुरस्कार मरोण परान्त नेफ्स्कुनका संस्थापक अध्यक्ष स्व भोजराज घिमिरेलाई घोषणा गरिएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम गरी सदस्यहरुलाई मनोरञ्जन समेत प्रदान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रामहरी केसीको सभापतित्वमा सम्पन्न भएको  थियो ।