धुलिखेल/धुलिखेल नगरपालिकाले जनप्रतिनिधिहरुका लागि शुशासन, पारदर्शिता र सूचनाको हक सम्वन्धी जानकारी दिन अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।
जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा राष्ट्रिय सूचना अयाोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले स्थानीय सरकारले गर्नु पर्ने विभिन्न क्षेत्रका कार्यहरु, जनप्रतिनिधिहरुका असल र खराव गुण, नागरिकहरुको सेवामा सचेत हुनु पर्ने बताएका थिए । नागरिकहरुलाई शिरमा राखेर सेवा प्रवाह गर्न, सेवा प्रवाह गर्दा आई पर्ने अफ्ठयारा र असहजताका बारेमा समेत बास्कोटाले जानकारी गराएका थिए । नागरिकहरुको सूचना पाउने हकलाई कुण्ठित नगर्न र जनप्रतिनिधिहरुले सधै जनताकै पक्षमा काम गर्न कानुनलाई पहिलो र प्रमुख बनाउन सुझाव समेत दिएका थिए । अधिकार तल्लो तहसम्म आए पनि त्यसका विकृतिहरु तहसम्म नल्याउन अनुरोध गरेका थिए । कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले नागरिकहरुको सेवाका लागि मोवाईल एप्स संचालनमा ल्याएको, करमा सहजिकरण गरेको जस्ता महत्वपूर्ण कार्यहरु गरेको बताए ।
कार्यक्रममा उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्थानीयहरुको सहभागिता रहेको थियो ।





