बनेपा/बनेपा नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास तालिम सम्पन्न भएको छ ।
नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाले सूचिकृत गरेको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्वन्धी क्षमता बृद्धीका लागि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जिल्ला न्यायाधीश अर्जुन अधिकारी, कानुन ब्यवसायी केदार कोईराला, जिल्ला सह न्यायाधीवक्ता लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा उपप्रमुख एवं न्यायिक समितिका संयोजक रेखा सापकोटा दाहालले नगरमा शान्ति कायम गर्न न्यायिक समितिले भूमिका खेलिरहेको बताएकी थिईन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, नेपाल पत्रकार महासघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, महिला शाखा प्रमुख शान्ता पौड्याल लगायतले मेलमिलापकर्ताहरुले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।





