2026 April 17/ 05:44: 11am

    पनौती/शनिबार साँझ साढे ७ बजे पनौती न.पा. १० पाँगेटोल नजिक भित्री सडक खण्डमा पाटिखर्कबाट पनौती तर्फ आउदै गरेको बा.५.ख ४०९१ नं को माटो बोकेको टिफर सडकबाट १०० मिटर तल खस्दा चालकको निधन भएको छ ।
    चितवन जिल्लाको पर्सा बस्ने स्थानमा घर भएका ३० बर्षिय चालक कृष्ण भण्डारीको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । दुर्घटनामा सह चालक रामेछाप दोरम्बा गाउँपालिका ५ घर भएका ३० वर्षिय रुद्र बहादुर श्रेष्ठ उपचारार्थ छन् । साँझको समयमा चालकले मापसे गरेर टिपर चलाएको सह–चालकले बताएका छन् ।