धुलिखेल/धुलिखेल नगरका स्थानीय ब्यवसायीहरुलाई करमा सहभागी हुन नगरपालिकाले घर दैलो अभियान शुरु गरेको छ ।
ब्यवसाय गरिरहेको तर नगरपालिकामा दर्ता नभएका ब्यवसायीहरुलाई घर घर पुगेर ब्यवसाय दर्ता गर्न शुरु गरेको आर्थिक प्रशासन प्रमुख धनबहादुर बस्नेतले जानकारी दिए । विहिबार देखि शुरु भएको उक्त कार्यक्रम नियमित नगरबासीहरुको घर दैलोमा पुग्ने अभियान शुरु भएको छ । ब्यवसाय कर लगायत करका बारेमा जनचेतना फैलाउन टोली परिचालन गरिएको छ । अभियानमा कुमार बस्नेत, तारानाथ बञ्जारा लगायत सहभागी छन् ।





