धुलिखेल/धुलिखेल नगरपालिकाको एकिकृत शहरी विकास योजनालाई अन्तिम रुप दिन छलफल आयोजना गरिएको छ ।
धुलिखेलको भिजन अनुसार शहरी विकासलाई कसरी अगाडी बढाउन सकिन्छ ? कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको माध्यमबाट नगरपालिकालाई अगाडी बढाउन जनप्रतिनिधिहरुको भूमिका सहितको विषयमा छलफल गरिएको थियो । छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । छलफलबाट प्राप्त सुझावहरुलाई समेटेर अन्तिम रुप दिने सोहि क्रममा बताईएको छ ।





