2026 April 17/ 06:03: 32am

    धुलिखेल/धुलिखेल नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा धुलिखेल नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि बाल संरक्षण तथा बाल मैत्री स्थानीय शासन सम्वन्धमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
    नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाले शुरुकै बजेट देखि बालबालिकाहरुकोे क्षेत्रमा कार्य गर्ने गरी कार्यक्रम तय गरिएकाले बालबालिकाहरुको सबै प्रकारको अधिकार संरक्षण गर्न बालमैत्री नगर घोषणा गर्ने तयारी भएको बताए । बालबालिकाहरुको तथ्याङ्क संकmन गर्ने भईरहेको नगर प्रमुख ब्याञ्जुले बताए ।
    कार्यक्रममा युनिसेफ नेपालको तर्फबाट अन्ञ्जु आचार्य र राजन बुर्लाकोटी, प्रशिक्षक तारक धितालले बालबालिकाहरुको अधिकार स्थापना गर्न तथा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि स्थानीय सरकारले गर्नु पर्ने कार्यहरुका बारेमा जानकारी गराएका थिए ।