2026 April 17/ 06:03: 32am

    बनेपा/विद्यालय तहमा उत्कृष्ट हुँदै आएको बनेपाको ज्ञानकुञ्ज कलेज स्नातक तथा स्नातकोत्तर तहमा समेत उत्कृष्ट भएको छ ।
    बनेपामा किन्डर गार्टेनदेखि स्नातकोत्तर तहसम्म उत्कृष्ट ढंङ्गवाट शिक्षा प्रदान गर्दै आएको ज्ञानकुञ्जले स्नातकोत्तर तह एम.बि.एस.मा उत्कृष्टता हासिल गरेको हो । उक्त तहका विद्यार्थीहरुले ज्ञानकुञ्जलाई अब्बल दर्जाको शैक्षिक संस्था रहेको प्रमाणित गरेका छन् । एकजनाले मात्रै नभएर ८० प्रतिशत विद्यार्थीले आफू र आफू अध्ययनरत संस्था उत्कृष्ट रहेको प्रमाणित गरेका छन् । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले संचालन गरेको ज्ञानकुञ्ज कलेजले विगतका बर्षहरुमा जस्तै यो बर्षको एम.बि.एस. प्रथम सेमेष्टरमा सर्वाेत्कृष्ट नजिजा ल्याउन सकेका हुन् । ज्ञानकुञ्ज कलेजको एम.बि.एस प्रथम सेमेष्टरमा अध्ययनरत कञ्चन दाहाल ३.७५, रोमि रंजित ३.७२ तथा दिपा श्रेष्ठ र जस्मिन कपाली ३.६१ क्रमश जिल्ला प्रथम, द्धितिय र तृतीय स्थान ल्याएर जिल्ला प्रथम हुन सफल भएका हुन् ।
    ज्ञानकुञ्ज काभ्रेमा किन्डर गार्टेन देखि स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन हुने एउटा मात्रै शैक्षिक गन्तव्य हो । सबै संकाय र बिषयहरुमा हरेक बर्ष ९० प्रतिशतभन्दा धेरै अंक ल्याएर औसतमा ८२ प्रतिशत अंक ल्याएका ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।