2026 April 17/ 06:03: 57am

धुलिखेल/तामाङ्ग कला र संस्कृति सम्वद्र्धनका लागी मनाऔं सोनाम ल्होछार, शान्त सुन्दर पर्यटकीय नगर धुलिखेल चिनाउने हाम्रो प्रयास” भन्ने नाराका साथ धुलिखेलमा आगामी माघ १८ गते शुक्रबार सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम एवं खाना महोत्सव आयोजना हुने भएको छ ।
    नेपाल तामाङ घेदुङ संघ धुलिखेल नगर कमिटीको आयोजना, धुलिखेल नगर जनजाति परिषदको सह आयोजना रहेको कार्यक्रममा धुलिखेल नगरपालिकाले सहयोग गरेको छ । धुलिखेल वसपार्कमा आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी दिन आईतबार धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सोनाम ल्होछार तामाङ्गहरुले नयाँ वर्षको आरम्भको रुपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछर र चिनिया नयाँ बर्ष एकै दिन  मनाईन्छ । ल्होछार दुई शव्द मिलेर बनेको छ । जसको अर्थ ल्हो अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने  ‘छार’ वा ‘सार’को अर्थनयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र यसै अनुरुप यस चाडलाई मनाउन गरिन्छ । ल्होछार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष हाह्वटा भएको विश्वास गर्छन । बाह् वर्षको नाम पशुपन्छि र जीवजन्तुका नामबाट राखिएको हुन्छ ।
    जस्तैः मुसा, गाई, बाघ, विराले, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सँुगर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रुपमा पनि लिने गरेको पाईन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरी उही नाम दोहो¥याएर वर्ष गनिन्छ । पत्रकार सम्मेलनमा संयोजक सिवी तामाङले खाना महोत्सव र सास्ककृतिक कार्यक्रमका बारेमा जानकारी दिएका थिए । बहुजाती ,बहुभाषी ,बहुसंस्कृति रहेको हाम्रो देश नेपालको हिचान अन्तरर्गत रहेका तामाङ्ग समुदायले मान्दै आएको महत्वपूर्ण चाड सोनाम ल्होछार र यससँग सम्बन्धित संस्कृति भाषा कला तथा ल्होछार बारे महत्वपूर्ण कुराहरु नगरबासी माझ जानकार गराउने, ल्होछारको उपलक्ष्यमा छरिएर रहेका तामाङ्ग समुदायहरुलाई एकै स्थानमा ल्याई बृहत ढंगले सामुहिक रुपमा ल्होछार मनाउने, विभिन्न तामाङ्ग परिकारहरु तथा तामाङ्ग सस्कृति झल्कने स्टलहरुको व्यवस्था गरी मनोरञ्जन एवं खानाको स्वाद पस्कने, राष्ट्रिय एवं जिल्ला नगरका उत्कृष्ट कलाकारहरु द्धारा सास्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रदान गर्ने, अन्य जातजाति एव समुदायहरुको कला संस्कृतिहरु समेत प्रस्तुत गरी कला संस्कृतिहरु एकआपसमा आदनप्रदान गरी एक अर्को जातजाति भाषा एव समुदाय प्रति सदभाव कायम गर्ने, तामाङ्ग समुदायका बाट विभिन्न योगदान पुर्याउनुहुने नगरका व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम गर्ने, विशिष्ट पाहुना लामा गुरुद्धारा प्रवचन तथा स्थानिय लामागुरुहरु द्धारा पुजापाठ, तामाङ्ग कला संस्कृति भल्काउने विभिन्न झाँकी ,नाचहरु प्रदर्शन, राष्ट्रिय स्तरका तामाङ्ग एवं अन्य ख्यातिप्राप्त स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरु, तामाङ्ग समुदायमा प्रसिद्ध विभिन्न स्वादिष्ट परिकारहरु तथा अन्य समुदायहरुमा प्रचलित खानाहरुको व्यवस्था, तामाङ्ग संस्कृति तथा बौध धर्मसँग सम्बन्धी विभिन्न भेषभुषा तथा सामाग्रीहरुको ब्यवस्था, विभिन्न विद्यालयहरु तथा साँस्कृतिक समुहहरुको ल्होछार विशेष नृत्यहरु रहनेछन ।
    कार्यक्रममा रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, सानुमाया वाईबा, उदेश श्रेष्ठ, श्री थापा मगर, अनिशा तामाङ्ग, सावित्री रानामगर, कृकर्स क्रिउ, राम तामाङ्ग एण्ड लाईभ ब्याण्ड, तारेमाम व्याण्ड, शर्मिला लामा, द सप्ट टोन व्याण्ड, इन्सेन व्याण्ड, रुपकुमार लामा, आशिष तामाङ्ग, राजन तामाङ्ग जदान वाईवा, विकास लामा, रन्जित वाईवा, सुजन परियार लगायतका कलाकारहरुको सहभागिता रहनेछ । कार्यक्रममा नगरका १२ वटै वडाको सहभागिता रहनेछ ।