2026 April 17/ 05:44: 08am

    बनेपा/बनेपामा घरजग्गाको कारोवारका लागि समृद्धि रियल स्टेट काभ्रे शाखाको शुभारम्भ भएको छ । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा उक्त शाखाको शुभारम्भ गरिएको थियो ।
    दक्ष र अनुभवी रियल्टको साथमा जग्गा खरिद र विक्री गर्न सहज होस् भन्ने उदेश्यले उक्त शाखा खोलिएको हो । मुख्य अफिस काठमाडौ लैनचौरमा रहेको कम्पनी प्रमुखले जानकारी दिएका थिए । जिल्लामा ६ जना युवाहरुको समुह मिलेर उक्त शाखा शुभारम्भ गरिएको सोहि अवसरमा जानकारी गराईएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।