जमुना सापकोटा/रयाले
बरपिपल बहुउद्देश्यीय सहकारी संस्था लिको ७ औ वार्षिक साधारण सभा पनौती नगरपालिका वडा नं १ का वडा अध्यक्ष गुणनाथ सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सापकोटाले सहकारीहरु अब एकिकरणमा गई बृहत बनाउनु पर्ने छरिएर रहेको रकमलाई एकिकृत गरी योजनमा लगानी गर्नुपर्ने बताए । नयाँ योजना ल्याई सदस्यहरुलाई आत्मनिर्भर बनाउनु पर्र्र्ने कुरामा जोड दिए । सहकारीहरुको विकास निमार्णमा ठुलो भुमिका हुने भएकाले स्थानिय सरकार र सहकारी सहकार्य गरी अगाडी बढनु पर्ने बताएका थिए । कार्यक्रममा संस्थाका सल्हाहकार साधुराम सापकोटा, फुलचोकी साकोसका उपाध्यक्ष रामचन्द्र सापकोटा कल्पबृक्ष साकोसको कोषाध्यक्ष बलराम तामाङ लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब अशोक सापकोटाले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष प्रेम बहादुर वाईबाले सभामा पेश गरेका थिए । संस्थाको कुल पुँजीं ३१ लाख ४१ हजार शेयर पुजीं ९ लाख ७० हजार ऋण लगानी २४ लाख ९९ हजार ७ सय रहेको जनाएको छ । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष तिर्थराज सापकोटाले राखेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष धुर्व्र प्रसाद सापकोटाले गरेका थिए





