पनौती/विश्राम समाज पनौतीको आयोजनामा नगरका जनप्रतिनिधी, संघसस्था र संस्थाहरुलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई एक कार्यक्रमका बीच बृहत सम्मान गरेको छ ।
आगामी माघ १९ देखी २६ गते सम्म पनौतीको चर्चित रगंशालामा पनौती कप फुटबल समेतको आयोजना गरिएको विश्राम समाजले बताएको छ । पनौतीमा पहिलो पटक हुन लागेको फुटलबमा पनौती नगरपालिका, बिश्राम समाज र मानेशवरी क्लबको आयोजनामा हुन लागेको विश्राम समाजका अध्यक्ष डा. राजेन्द्र ताम्राकारले बताए । कार्यक्रममा पनौती फुटबलको शिल्ड पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, विश्राम समाजका अध्यक्ष डा. राजेन्द्र ताम्राकार र मानेश्वरी क्लबका अध्यक्ष लक्ष्मी नारायण खिं बञ्जारले संयुक्त रुपमा अनावरण गरेका थिए । पनौती कपमा पनौती नगरका १२ वटै वडाका खेलाडी तथा क्लबहरुले सहभागिता जनाउने बताईएको छ । कार्यक्रममा पनौती कपको लागी आर्थिक सकंलन गर्न आर्थिक डेक्स स्थापना गरिएको थियो । कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले गरेका थिए । न्यौपानेले नगरपालिका सबै सघं सस्थाहरु सँगं मिलेर विकास निमार्ण देखी शिक्षा स्वास्थ्य लगायतका क्षेत्रहरुमा सहयोगी बनेर काम गर्ने बताए । नगरको हितमा नगरमा रहेका सबै सस्थाहरुलाई नगरपालिका सगँं हातेमालो गर्न आग्रह गरे । नगरले आयोजना गर्न लागेको नगर कप पहिलो भएकाले सबै खेलाडीहरुलाई सहभागि हुन आग्रह गरेका थिए ।
विश्राम समाजले नयाँ काम गरेको बताउँदै समाजमा रहेर सामाजिक कार्य गर्नेहरुलाई सम्मान गरी थप जिम्बेवार बनाएको र भारी बोकाएको नगगर प्रमुख न्यौपानेले बताए । कार्यक्रममा नगरपालिकका उप प्रमुख गीता बञ्जारा, वडा अध्यक्ष लगायतको मन्तब्य रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य सदस्य सबिन ताम्राकारले राखेका थिए भने समाजका अध्यक्ष डा. राजेन्द्र ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो ।





