बनेपा/नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ प्रदेश नम्वर ३ को पूर्ण बैठकले घोषणापत्र जारी गरेको छ । गुणस्तरीय उत्पादन मर्यादित ब्यापार नीति निर्माणमा पहुँच सांगठनिक आधार भन्ने नाराका साथ महासंघका अध्यक्ष किरणकुमार खनालको अध्यक्षतामा बैठक आयोजना गरिएको थियो ।
बैठकमा प्रदेशभरी रहेका पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको हक हित र महासंघको संस्थागत विकासको विषयमा छलफल भएको थियो । बैठकले सबै प्रकाशनका पुस्तकहरु अंकित मुल्यमै विक्री वितरण गर्न आब्हान गर्ने निर्णय गरेको छ भने संघीय सरकारलाई पुस्तक विक्री वितरण र पुस्तकसँग भएका समस्याहरु समाधानका लागि नीति अवलम्वन गरी जारी गर्न माग गर्ने निर्णय गरेको छ । हरेक वर्षको शैक्षिक सत्र शुरु हुनु अगावै पालिका स्तरमा हुने शिक्षा समितिको पाठ्यपुस्तक सम्वन्धी बैठकमा जिल्ला समितिका प्रतिनिधिहरु सहभागि गराउन बैठकले माग गरेको छ । जिल्ला तथा स्थानीय स्तरमा रहेका सरकारी तथा गैरसकारी कार्यालयहरुलाई आधिकारीक स्टेशनरी ब्यवसायी पसलबाट मात्रै स्टेशनरी सामाग्री खरिद गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले संस्थागत विकास तथा आम नागरिकहरुका लागि स्टेशनरी तथा पाठ्यपुस्तक विक्री वितरणमा सहजताका लागि १० बुँदे निर्णय गरेको छ । प्रदेश स्तरमा २१ सदस्यीय समिति रहेको थियो । बैठकमा अध्यक्ष किरणकुमार खनाल, प्रथम उपाध्यक्ष तुलसीप्रसाद अधिकारी, द्दितिय उपाध्यक्ष रमेश ढुंगेल, सचिव विश्वराम त्वयााना, सह सचिव महेश रेग्मी, कोषाध्यक्ष सुविन मानन्धर लगायतका कार्य समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।





