बनेपा/नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे जिल्लाको ११ औ जिल्ला सम्मेलन तथा महिला उद्यमीहरुको नऔ भेला बनेपामा केन्द्रिय बरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सम्मेलनले सुवासना श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बरिष्ठ उपाध्यक्ष नितेश राजभण्डारी, उपाध्यक्ष राममन्दिल श्रेष्ठ, महासचिव रमण श्रेष्ठ र कोषाध्यक्ष सुबास श्रेष्ठ रहेका छन् । महिला उद्यमी समितिमा निरु बैदार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष रेणुका श्रेष्ठ, उपाध्यक्ष चन्दा श्रेष्ठ, सचिव लक्ष्मी श्रेष्ठ र कोषाध्यक्ष मिना लामा रहेका छन् । कार्यक्रममा केन्द्रिय उपाध्यक्षहरु, महासचिव डम्बरबहादुर रेग्मी, नेपाल पत्रकार महासघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । केन्द्रिय उपाध्यक्ष शिव उपाध्याय, उपाध्यक्ष सुर्यबहादुर कँडेल, प्रकाशबहादुर कायश्थ, लक्ष्मी महिला साकोसका अध्यक्ष मैया महत लगायतले साना तथा घरेलु उद्योगले ब्यहोरेका समस्याहरु समाधान गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम जिल्ला अध्यक्ष भवानी जोशीको अध्यक्षमा सम्पन्न भएको थियो ।





