2026 April 17/ 04:06: 17am

     काठमाडौं/फोटो पत्रकार प्रशान्त श्रेष्ठले पनौतीमा परिवर्तन प्रर्दशनी गरेका छन् । काठमाडौको नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रम गत शुक्रबार शुरु भई आज विहिबार समापन हुनेछ । 
    जिल्लामा रहेर फोटो पत्रकारिता गरिरहेका प्रशान्तले यस अघि विभिन्न समयमा फोटो प्रदर्शनी गरिसकेका छन् । प्रदर्शनीको संस्कृतविद सत्यमोहन जोशीले उद्घाटन गरेका थिए । सत्यमोहन जोशीले पनौतीको संस्कृति जगेर्ना र संरक्षण हुने बताएका थिए । ७० भन्दा धेरै तस्विरहरु राखिएको उक्त प्रदर्शनीको पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपाने, पनौतीका विभिन्न क्षेत्रका ब्यक्तिहरुका सहभागिता रहेको थियो ।