साँगा/महेन्द्र मा.वि. साँगा काभ्रेको एसएलसी समूह २०५१ को विद्यार्थी पुनर्मिलन कार्यक्रम गत शनिवार सम्पन्न भएको छ । विद्यालय जीवनको २४ वर्षपछि आयोजित कार्यक्रममा उक्त समुहका करिब ६० जना विद्यार्थीमध्ये ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व प्र.अ.हरु मोहन दुवाल, नन्दकुमार थापा, यादव थापा, पूर्व शिक्षकहरु केदारप्रसाद शर्मा, पारस काफ्ले, कमला कायस्थ, जीवना कायस्थ, मनहरि कार्की, रामकृष्ण थापा, मदन श्रेष्ठ, केशर बलम्पाकी, टेकबहादुर बलम्पाकी, सुरेन्द्र कायस्थको सहभागिता रहेको थियो । पूर्व प्र.अ. यादव थापाको सभापतित्वमा र कार्यक्रमका संयोजक सरोज नारायण डंगोलको उद्घोषणमा संचालित उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनेश पण्डितले र पूर्व प्र.अ. यादव थापा, पूर्व शिक्षक केदार प्रसाद शर्मा, कमला कायस्थ, पारस काफ्ले, टेकबहादुर बलम्पाकी, रामकृष्ण थापा र पूर्व विद्यार्थी जयराम मानन्धरले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागी पूर्व शिक्षक शिक्षिकाहरुलाई ऊनीको गलबन्दी र मायाको चिनो प्रदान गरिएको थियो । पूर्व विद्यार्थी एवं लोकप्रिय दोहोरी गायक गोकुल राउतले गीत र नृत्यबाट सहभागीहरुलाई मनोरञ्जन दिएका थिए ।





