बनेपा÷नमस्कार महाङ्कालज्योति बहुउदेश्यीय सहकारी संस्थाको २१ औ वार्षिक साधारण सभा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपि शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले सहकारीहरुले अब बृहत योजना बनाई समृद्धि तर्फ लाग्नु पर्ने बताए ।
संहकारी ऐन, नियमावली मापदण्ड निर्देशिका विनियम र निती अनसुार अगाडी बढ्नु पर्ने र कार्यविधिबाट सहकारीहरु चल्नु पर्ने बताए । बहुउदेशयीय भएर बचत मात्र नभई सामाजिक क्षेत्रमा योगदान दिनुु पर्नेमा उनले जोड दिए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब हरिकृष्ण दाहालले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष खेतराज सिटौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुजीं १ करोड १८ लाख ३७ हजार ९ सय, कुल निक्षेप १४ करोड ४९ लाख २ हजार ८६, कर्जा लगानी १२ करोड १० लाख ११ हजार ६ सय ८४ रहेको जनाएको छ । संस्थाको लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक यादबप्रसाद पाठकले पेश गरेका थिए । कार्यक्रममा बनेपा नगरपालिका ८ नं वडाका वडा अध्यक्ष दानबहादुर मानन्धर, नेपाल जेसिजका केन्द्रिय महिला उपाध्यक्ष रुकमणी सिग्देल, संस्थाका बरिष्ठ सल्हाकार सोमप्रसाद हुमागाई, काभ्रेपलाञ्चोक जिल्ला बहुउदेश्यीय सहकारी सघं लिका सचिब योगराज दाहाल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सदस्यहरुको सुविधाको लागी निशुल्क शिबिरको आयोजना गरेको थियो । शिबिरमा सर्जरी, जनरल, गाईनो, लगायतका रोगहरुको निशुल्क चेकजाचँ गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष विकाश शर्माले राखेका थिए । कार्यक्रम अध्यक्ष गोपालप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।





