धुलिखेल/नेपाल बार एशोसिएसन काभ्रेपलाञ्चोक जिल्ला बार एकाईमा देवकुमार मोक्तानको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको छ । समितिमा उपाध्यक्ष विजयभत्त श्रेष्ठ, सचिव मधुसुदन वाग्ले, लालतारा अधिकारी र कोषाध्यक्ष रामप्रसाद मानन्धर रहेका छन् ।
सदस्यहरुमा दिनेशकाजी श्रेष्ठ, परमात्माराम पराजुली, कृष्णप्रसाद अधिकारी, हरिशरण बस्नेत, पुष्पराज थापा, निरोजप्रसाद नेपाल, प्रकाश बञ्जारा, कमलप्रसाद तिमल्सिना रहेका छन् । त्यस्तै ईश्वर शर्मा बञ्जारा, मुकुन्द मुनकर्मी, कुमार तिमल्सिना, शान्ता पन्त र बुद्धरत्न मानन्धर पार्षद निर्वाचित रहेका छन् । यस अघि नेकपा एमालेका तर्फबाट कृष्ण सापकोटा निर्वाचित भएका थिए । नेपाल बारमा बाम्पन्थीले नेतृत्व गरेको यो दोश्रो पटक हो ।





