धुलिखेल/आजबाट काठमाडौ विश्वविद्यालय धुलिखेलमा आठौ सूचना प्रविधि मेला आयोजना गरिएको छ । मेला काठमाडौ विश्वविद्यालयको कम्प्युटर साईन्स तथा इन्जिनियरिङ्ग विभागले आयोजना गरेको हो ।
सूचना प्रविधि मेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक आशुतोष चापागाईले सूचना प्रविधि मेलामा नेपाल भरका सूचना प्रविधिको अध्ययन हुने विश्वविद्यालय, कलेजका विद्यार्थी तथा सूचना प्रविधिसँग चासो राख्ने ब्यक्तिहरुको सहभागिता रहने बताए । सूचना प्रविधिसँग विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको बताउँदै चापागाईले विजयीहरुलाई नगद पुरस्कारको ब्यवस्था गरिएको जानकारी दिए । सूचना प्रविधिका बारेमा सिद्धान्तलाई प्रयोात्मक पक्षसँग जोड्ने लक्ष्य लिएको उनले बताए ।
सम्मेलन अवधीभर काठमाडौ विश्वविद्यालयको कम्प्युटर ल्याब र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा २० भन्दा बढी कार्यक्रम आयोजना हुनेछ । स्नातक तहमा अध्ययनरत सूचना प्रविधिका विद्यार्थीहरुका लागि महाकुम्भ हुने आयोजकले बताएका छन् । १० हजार भन्दा धेरै प्रविधिका पारखीहरुको सहभागिता हुने अनुमान गरिएको सम्मेलन पूर्ण रुपमा डिजिटाईज गरिएको छ ।





