बनेपा/आर्दश बिद्यामन्दिरको १४ औ अभिभाबक दिबस तथा एसई.ई उतिर्णि विद्यार्थीहरुलाई सम्मान कार्यक्रम प्रदेश सांसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै हुमागाईले जीवनपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए । विद्यालय क्षेत्रमा शिक्षामा धेरै सुधार गर्न आवश्यक रहेको सांसद हुमागाईले बताए । प्रविधी मैत्री, बालबालिका केन्द्रित शिक्षा, समय सापेक्ष सिकाई दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विशेष अतिथी बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नर सिं बादेले विद्यार्थीहरुको क्षमता अनुसार शिक्षा दिनुपर्ने बताए । अभिभावकहरुले आफ्नो बच्चाले कस्तो अध्ययन गर्न सक्छ ? विद्यालयको बातावरण कस्तो छ, सबै विषयमा चासोराख्नु पर्ने बताए । कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय ईकाईका प्रमुख डिक बहादुर राई, नेशनल प्याब्सन ३ नं प्रदेश अध्यक्ष प्रबोध प्रभाकर रिजाल, बनेपा नपा वडा नं. ७ का वडा अध्यक्ष बर्ण शाक्य, ११ का वडा अध्यक्ष शिबकुमार थापा, बनेपा नपा शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका थिए । विद्यालयमा ५ सय ३ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका र ति मध्ये ८३ जनाले छात्रबृत्ति पाएको प्रिन्सिपल तिमल्सिनाले बताए । विद्यालयको वार्षिक कुल आम्दानी खर्च ८३ लाख भएको र सो मध्ये २० लाख बराबरको छात्रबृत्ति प्रदान गरेको उनले बताए । विद्यालयमा शैक्षिक सत्र २०७४ मा १७ जना विद्यार्थीहरुले एसईई उतिर्ण गरेका थिए । विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ११ सञ्चालन, विभिन्न भाषाका कक्षाहरु, मन्टेश्वरीमा प्रबिधिमैत्री कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रत्येक कक्षामा एल सि डि ईन्टरनेट सहितका कक्षाहरु सञ्चालन गरिने उनले बताए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रल्हाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।





