धुलिखेल/राष्ट्रिय कृषक समुह महासघंको दोस्रो साधारण सभा जिल्ला समन्वय समितिका उप प्रमुख मञ्जु गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सभामा बोल्दै गौतमले कृषिमा लैङ्गिक समानतामा जोड दिनु पर्ने बताईन् । राज्यले कृषिमा लगानी गरे पनि असली कृषकहरुले नपाई अन्य क्षेत्रकाले पाएकामा दुःख लागेको बताईन् । कृषकहरु सचेत भई राज्यबाट आएको सुबिधा उपयोग गर्नुपर्नेमा उनले जोड दिएकी थिईन् । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण भट्ट, बाली विकास केन्द्रका अधिकृत थर्क जी सी लगाएतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रमको बन्द सत्रले उद्धब हुमागाईको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । उपाध्यक्षमा निलम श्रेष्ठ, सचिब पवन कुमार केसी, कोषाध्यक्ष सविना थापा लगाएतका रहेका छन् । साधारण सभाले १२ जना केन्द्रिय प्रतिनिधी चयन गरेको जनाएको छ ।
कार्यक्रम अध्यक्ष उद्धब केसीको सभापतित्वमा सम्पन्न भएको छ ।





