2026 April 17/ 02:31: 13am

    बनेपा/नेपाली साझा मंच, देशको लागि केही गरौं भन्ने मूल उद्देश्य बोकेर अगाडी बढेको छ । संस्थाले साउदी अरब तथा विभिन्न देश विदेशमा रहेको पिडीत नेपालीहरुको प्रत्यक्ष  वा अप्रत्यक्ष रुपमा हरपल सहयोग गदै आईरहेको छ  । 
    ५ वर्ष अघि देखि घाउ कुहिँदै अङ्ग झर्ने रोगका कारण पाइताला हुँदै घुँडादेखि तलको गोडा समेत गुमाएका, गाउँ घर, परिवारबाट अपहेलित भएका बैतडी जिल्ला दोगडाकेदार ६ सित्तडका करण कटि भूल उपचारर्थको लागी सहयोग रकम उपलब्ध गराएको छ । साउदी अरेवियाको विभिन्न शहरबाट  नेपाली साझा मंचको संयोजकत्वमा रियाद शहरवाट नेपाली रुपैया २१ हजार २ सय ५० विष्णु घिमिरेको संयोजकत्वमा संकलन भएको छ भने जेध्दा शहरबाट नेपाली रुपैया १४ हजार ५ सय ६२ दीपक कार्कीको संयोजकत्वममा संकलन भएको छ । दमाम शहरबाट ५० हजार कृष्ण पुरीको संयोजकत्वमा, ८५ हजार ८ सय १२ सहयोग संकलन गरि  हस्तान्तरण गरेको छ । उप संयोजक विष्णु घिमिरेका अनुसार साउदी अरेवियामा यस्तो सहयोग संकलन गरी संकटमा परेकालाई निरन्तर सहयोग भई रहेको छ ।