धुलिखेल/नेपाल मगर संघ धुलिखेल नगर समितिले प्रदेश समितिमा निर्वाचित जिल्लाका चार जना पदाधिकारीलाई सम्मान गरेको छ ।
धुलिखेलमा आयोजित कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले सबै जातजाति र भाषा भाषीहरुको संरक्षणका लागि विभिन्न परिषद् गठन गरेको बताए । नगरबासीहरुलाई बेरोजगारबाट अन्त्य गराउन, गरिबी हटाउन मेयर गरिबी निवारण कोष गठन गरी त्यसबाट सिपमुलक तालिमहरु प्रदान गर्ने योजना भएको बताए । आर्थिक जीवन स्तर उकास्न नगरपालिकाले आयोजना गर्ने विभिन्न आयमुलक कार्यक्रममा सहभागि बन्न नगर प्रमुख ब्याञ्जुले सहभागिहरुलाई अनुरोध गरे । मगर समुदायको संरक्षणका लागि भाषाको शिक्षण, सिपमुलक तालिम, आर्थिक अवस्था कम भएकाहरुलाई रोजगारी सिर्जना गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । नगर समिति अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, मगर संघ प्रदेश नम्वर ३ का अध्यक्ष राजकुमार थापा मगर, जिल्ला अध्यक्ष अमरबहादुर आले मगर, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, धुलिखेल वडा नम्वर ११ का अध्यक्ष विष्णु काभ्रेली लगायतले मगर भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रदेश नम्वर ३ को अध्यक्षमा धुलिखेलमा राजकुमार थापा मगर निर्वाचित भएका थिए भने सदस्यहरुमा सरिता पुलामी मगर, बबाल मगर लगायत चार जना निर्वाचित भएका थिए ।





