2026 April 17/ 02:18: 15am

    चण्डेनी मण्डन/नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले जनता सामु गरेका प्रतिबद्धता अनुसार नै सरकार अगाडी बढेको बताएका छन् । 
    चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले बिरोधी शक्तिहरुले सरकारले केही काम गरेन भनेर हल्ला गर्दै हिड्नु बिरोध गर्नकै लागी बिरोध भएको दावी गदै त्यस्ता शक्तिहरु आफै सकिने बताए । मन्त्री बाँस्टाले मण्डन देउपुरका स्कुलहरुमा कम्यूटर ल्याब राख्न आफुले पहल गर्ने आश्वासन दिए ।
    प्रदेश ३ का सांसद लक्ष्मण लम्सालले काभ्रे जिल्लाको बिकासका लागी आफु नितीगत रुपमा पहल गरिरहेको बताए । सांसद लम्सालले चण्डेनी मण्डनका खेतबारीमा सिँचाईको लागी पहल गर्ने बताए । उनले त्यहाँ उत्पादन भएका तरकारी फलफूल बजारीकरणको लागी बिशेष पहल गर्ने बताए । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले कृषी सहकारी मार्फत लाखौ मानिसले ठुलो लाभ लिदै आएको बताए । अध्यक्ष पाठकले कृषी सहकारी ठुला धनपतीहरुको भन्दा पनि सामान्य किसान मजदुरको लागी भएको उनको भनाई छ ।
    नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले काभ्रे जिल्ला हस्तकला क्षेत्रको प्रचुर संभावना बोेकेको ठाँउ भएको बताए । महासंघका अध्यक्ष शाक्यले यहाँका कच्चा प्रदार्थ प्रयोगमा ल्याउन आफुले सहयोग गर्ने बताए । साना किसान विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी निर्देशक डा. शिवराम प्रसाद कोईरालाले कृषकहरुको उत्थानको लागी आफनो संस्था लागरिपरेको बताउदै यस चण्डेनी मण्डन साना किसान कृषि सहकारीको लागी पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    मण्डेन देउपुर नगरपालीकाकी उपप्रमुख निर्मला शाहीले काभ्रे कृषीको लागी उर्वर भुमी भएको बताउदैं यस क्षेत्रको बिकासको लागी आफु लागिपरेको बताईन् । साथै कृषको उत्र्थानको लागी खुलेको चण्डेनी मण्डन साना किसान कृषि सहकारीलाई जिल्लाकै नमुनाको बन्न शुभकानमा दिईन । चण्डेनी मण्डन साना किसान कृषि सहकारी संघका अध्यक्ष एबम कार्यक्रमका सभापती सुमन नेपालले आफु जन्मेको माटोमा केही गर्नु पर्छ भन्ने उदेश्यले सहकारी खोलेको स्पष्ट पार्दै यस सहकारी गरिब जनताको भएको भन्दै सहकारीमा सवै आमजनता जोडिन आग्रह गरे । संचारकर्मी समेत रहेका अध्यक्ष नेपालले उद्यमशिलता मार्फत केही गर्न खोज्ने मानिसको लागी अव पैसा नभएकै कारण कामबिहिन भएर बस्न नपर्ने बताए ।
    सहकारी संस्था अभिभावकको भुमीकामा रहेर काम गर्न प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा काभ्रे जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुली, अर्गानीक वल्र्डका अध्यक्ष राजन पराजुली लगायत बिभिन्न बिशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।