पनौती/राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न अर्वाड प्राप्त गर्न सफल सामुदायीक बचत तथा ऋण सहकारी संस्था लि पनौतीको २४ औ वार्षिक साधारण सभाबाट दोश्रो पटक प्रकाश बञ्जाराको नेतृत्वमा नयाँ कार्य समिती निविरोध भएको छ ।
निर्वाचन कार्याविधि अनुसार उम्मेदवार दर्ता गर्ने समयमा समुह समुह बीच दर्ता भए पनि उम्मेदवारी फिर्ता लिने समय भित्रै उम्मेदवारी फिर्ता भए पछि बञ्जाराको नेतृत्वमा नयाँ समिति पुनः निर्विरोध भएको हो । समितिको उपाध्यक्षमा कुमारप्रसाद लामीछाने, सचिब मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, सदस्यहरुमा कृष्ण थापा, राज सुन्दर रघु श्रेष्ठ, सुकुमान तामाङ, रामकृष्ण घिमिरे, मुकुन्द प्रसाद अर्याल रहेका छन् । महिला सदस्यमा भवानी थापा, सुस्मिता नेपाली, जमुना सापकोटा, मनिका शाक्य, ममता गेलाल खत्री दलित तथा जनजाती सदस्यमा कान्छा प्रधान रहेका छन् । त्यसै गरी लेखा तथा सुपरिवेक्षण समितीको संयोजकमा हरि प्रसाद तिमल्सिना सदस्यमा प्रयाग खत्री केसी र मिना श्रेष्ठ रहेका छन् । संस्थाको वार्षिक साधारण सभा आगामी शनिबार हुने संस्थाका प्रमुख कार्यकारी मदन बस्नेतले जानकारी दिए । संस्थाको साधारण सभा सदस्यहरुको सहजताका लागी क्षेत्रगत निर्धारण गरिएको जनाएको छ ।





