धुलिखेल/नेपालकै नमुना समुदाय स्तरबाट संचालन भएको काठमाडौ विश्वविद्यालय धुलिखेल अस्पतालको २२ औ बार्षिकोत्सव सम्पन्न भएको छ ।
काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा सुृरेशराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पताल स्थापना देखि हालसम्म भएका दुख भोगाई र सेवाका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै शर्माले धुलिखेल अस्पतालले नागरिकहरुको शिक्षा, स्वास्थ्य तथा समुदाय स्तरमा पु¥याएको योगदानको स्मरण गराउँदै नेपाल राष्ट्रले चाहेको खण्डमा गुणस्तरीय शिक्षा र स्वास्थ्य नेपालमै उपलब्ध गराउन सकिन्छ भन्ने प्रमाण धुलिखेल अस्पताल र काठमाडौ विश्वविद्यालयले दिएको बताए । उपकुलपति प्रा.डा रामकण्ठ माकाजुको सोच र योजना अनुसार शुरु भएको अस्पताल स्थापना देखि प्रा.डा राजेन्द्र कोजुको साथ र सहयोग रह्यो । माकजु र कोजुको प्रयासबाट शुरु भएको अस्पताल संचालनको योजना तत्कालिन अवस्थामा धुलिखेल नगरपालिका र स्थानीयहरुले भरपुर निशुल्क जग्गा उपलब्ध गराएर सहयोग पु¥याए । त्यहि मिसन र भिजन अनुसार शुरु भएको अस्पतालको शुरुवाती दिनहरुमा दैनिक ३५ देखि ५० जना विरामीहरुको उपचार पनि सम्भव थिएन । अस्पतालको २२ औ बार्षिकोत्सवको अवसरसम्म आईपुग्दा दैनिक १ हजार विरामीहरुले उपचार सेवा प्राप्त गरिरहेका छन् । बार्षिक २५ लाख विरामीहरुले सेवा लिईरहेको धुलिखेल अस्पताल र अस्पताल मातहतका १२ वटा मेडिकल कलेजहरुमा १० हजार भन्दा धेरै जनशक्ति कार्यरत छ । बार्षिक १ हजार २ सय भन्दा धेरै जनशक्ति उत्पादन गर्दै आएको अस्पतालले गुणस्तरीय सेवालाई पहिलो प्राथमिकता राखेको छ । नेपालमै उत्कृष्ट र नमुना सेवा छाला तथा चर्म रोग विभागबाट कपाल प्रत्यारोपण, आन्द्रा नलीको उपचारमा प्रविधि, फिजियोथेरापी जस्ता सेवाले अन्य देशबाट समेत सेवा लिन आउने विरामीहरुको संख्या बढेको छ । बार्षिकोत्सव कार्यक्रममा अस्पतालका संस्थापक तथा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा रामकण्ठ माकजु, स्कुल अफ साईन्सका डिन तथा संस्थापक प्रा.डा राजेन्द्र कोजु, विश्वविद्यालयका रजिस्टार डा.सुवोध शर्मा, डिनहरु, अस्पतालका सहयोगी तथा शुभचिन्तहरुको सहभागिता रहेको थियो ।
धुलिखेल नगरपालिकाका संस्थापक प्रमुख एवं धुलिखेल स्वास्थ्य सेवा संघका अध्यक्ष बेलप्रसाद श्रेष्ठले अस्पताल स्थापना देखि हालसम्म अस्पतालले भोगेका भोगाईहरुका बारेमा जानकारी गराएका थिए । अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजुले अस्पतालको सेवालाई साधन श्रोत र प्रविधिबाट अगाडी बढाउँदै लगिएको बताए ।





