2026 April 17/ 02:19: 40am

महाभारतमा साल पछि बँदेल चोरी
    धुलिखेल/जिल्लाको विकट क्षेत्र महाभारतमा बँदेल चोरी गरी मासु विक्री हुन थालेको छ । लामो समय देखि बँदेल चोरी हुँदै आएको थियो । अवैद्य रुपमा बँदेल नियन्त्रणमा लिई घरमा पाल्ने र मासु काटेर विक्री हुने गरेको थियो । 
    जिल्ला बन कार्यालय काभ्रेपलाञ्चोकमा महाभारत गाउँपालिका वडा न ३ घर भएका ४९ बर्षिय रकम सिं लामा, ३८ बर्षिय विजय मोक्तान, वडा नम्वर ४का ४७ बर्षिय केशर सिं वाईवा, वडा नम्वर ४ कै ४८ बर्षिय डिलबहादुर वाईवा र ३२ बर्षिय सुन्दर लामाले महिनाका ५÷७ वटा बँदेल चोरी गरी काटेर विक्री गर्दै आएको उजुरी दर्ता भएको छ । उजुरी दर्ता भए पनि जिल्ला बन कार्यालयले अनुसन्धान भन्दै कारवाही गरेको छैन । जिल्ला बन कार्यालय काभ्रेका प्रमुख बद्री कार्कीले उजुरी आए लगत्तै अनुसन्धान टोली गठन गरी कारवाही प्रकृया अगाडी बढाएको बताए । वडा नम्वर ४ स्थित महादेवटारमा रक सिं घलानको टहरोमा २०७५ असोज २८ गते, असोज २९ गते राति १० बजे र २०७५ साल कार्तिक २६ गते रातको १२ बजे बँदेल काटेर विक्री गरेका थिए । बँदेल काटेर मासु भाग लगाईरहेको तस्विर सहित महाभारत गाउँपालिका वडा नम्वर ४ कै पातलीमाया घिसिङ्ग मोक्तानले जिल्ला बन कार्यालयमा उजुरी गरेकी हुन् । 
    बँदेल चोरी गर्ने समुहले तारखस्यो स्थानबाट नियन्त्रणमा लिने गरेका छन् । हात हतियार समेत प्रयोग गरी सानो जातको बँदेललाई घाईते बनाउँदै चोरी सिकारी गरी रकम सिं घलान समुहले पटक पटक काटेर मासु विक्री गर्दै आएका थिए । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ का दफा २६(२) ले बन्यजन्तु चोरी शिकारी गर्न पाईदैन । उजुरीमा घटनामा संलग्न ब्यक्तिहरुको तस्विर सहित देखिएकाले कारवाहीका लागि उजुरी दिईएको उल्लेख गरिएको छ । जिल्ला बन कार्यालयले अनुसन्धानमै रहेकाले उजुरीमा संलग्न ब्यक्तिहरुलाई नियन्त्रणमा नलिएको बताएको छ । बन्य जन्तु ऐनले चोरी शिकारीमा संलग्न ब्यक्तिहरुलाई कैद र जरिवनाको ब्यवस्था गरेको छ । जिल्ला बन कार्यालयले गठन गरेको अनुसन्धान टोलीले घटनास्थलको स्थलगत मुचुल्का गरी सर्जिमिन समेत गरिसकेको छ । अनुन्धान प्रभावित बनाउन रकम सिं घलानको समुहले राजधानीमा बसोबास गर्ने युवाहरुको समुह गाउँमा उतारेको थियो । 
    उता नेपाल स्कुल अफ प्रोजेक्टमा कार्यरत रहेका महाभारत गाउँपालिका साविक फोक्सिङ्गटार गाविस वडा नम्वर ५ ठुलोपोखरा घर भएका रकम सिं घलानले बनखु गाविसको वडा नम्वर १, ३, ४ मा पर्ने सरकारी सालको रुख चोरी निकासी गरेको अयिभोगमा मुद्दा दर्ता भए पनि पक्राउ परेका छैनन । घलानले सोहि क्षेत्रका उदिमप्रसाद राईलाई केहि रकम दिएर मुद्दा लामो समयसम्म तामेलीमा राख्दै आएको खुलासा भएको छ । २०७१ मसिंर महिनामै भएको सालको रुख चोरीको घटना अझै टुङ्गिएको छैन । रकम सिं घलान र ज्ञानबहादुर स्याङ्गतान समेतको टोलीले महाभारत क्षेत्रको महङ्गा प्रजातिहरुको समेत चोरी निकासी गरेको स्थानीयहरुले आशंका गरेका छन् । सालको रुख, बँदेल समेत चोरी गर्ने उक्त समुहलाई हदैसम्मको कारवाहीको माग गरिएको छ । रकम सिं घलानका बारेमा नेपाल स्कुल पोजेक्टमा बुझ्न पत्र पठाईएको थियो । जिल्ला बन कार्यालयको सूचीमा फरार रहेका उनिहरु २४ घण्टा बनेपा आवतजावत गरिरहेका छन् ।