2026 April 17/ 12:39: 31am

    बनेपा/काभ्रेली नापी पेशाकर्मी समाजको दशौ बार्षिक उत्सब भुमि ब्यबस्थापन तथा सहकारी गरिबी निवारण मन्त्रालयका सह सचिब जनकराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा सस्थाले गरेका वार्षिक गतिबिधीका बारेमा संस्थाका अध्यक्ष लेखनाथ दाहालले सभामा पेश गरेका थिए । सस्थाले विभिन्न समयमा रत्तदान कार्यक्रमको आयोजना गरेको, भाईचारा भावना विकास, नापी सेवाको दुरुपयोग रोक्न विभिन्न तालिमको आयोजना, डिजिटल नाप नक्सा सम्बन्धि जनचेतना अभियान सञ्चालन लगाएतका कार्यहरु गरेको जनाएका थिए । संस्थाको आगामी कार्यक्रममा बेथान्चोका  गाउँपालिकामा भुमि क्षेत्र नक्सा सम्बन्धि कार्य गर्ने, सामुदायीक तथा निजी विद्यालयमा नक्सा अध्ययन तालिम प्रदान गर्ने लगाएतका योजना रहेको संस्थाका अध्यक्ष दाहाले बताए । 
    कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । संस्थाले वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लेखनाथ दाहालको सभापतित्वमा र संजय मानन्धरले सञ्चालन गरेका थिए ।