धुलिखेल/६३ औ प्रहरी दिवस २०७५ को अवसरमा जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको छ । उत्कृष्ट प्रहरी, अतिरिक्त कृयाकलापमा विजयी प्रहरी तथा प्रहरीसँगको साझेदारीमा योगदान पु¥याउने ब्यक्तिहरु र विभिन्न समयमा ज्यान गुमाउने प्रहरी संगठनका सदस्यहरुका आफन्तलाई सम्मान गरिएको थियो ।
संघिय प्रहरी प्रमुख सौरभ राणाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, २६ नम्वर बाहिनी नेपाली सेनाका सहाय रथी मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रहरी प्रमुख एसपी रविराज खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, प्रहरी निरिक्षक दिपक राय लगायतले प्रहरी दिवसको अवसरमा प्रहरीले समाजमा खेल्नु पर्ने भूमिकाका बारेमा मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रहरी कार्यमा सहयोग पु¥याएकोमा जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले रोशी गाउँपालिका अध्यक्ष दल बहादुर लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, इन्सेक काभ्रेका भोजराज तिमल्सिना, धुलिखेल नगरपालिका वडा नम्वर ११ का अध्यक्ष विष्णु धिताल, अम्बिका हमाल, यनप्रसाद अधिकारी, केदारप्रसाद आचार्य, संजिवविक्रम थापा, राधेश्याम सापकोटा र विष्णु बजगाई धुलिखेललाई प्रशंसा पत्र प्रदान गरेका थिए । प्रहरी चौकीलाई जग्गा उपलब्ध गराउन सहयोग पु¥याउने नमोबुद्ध नगरपालिका वडा नम्वर २ का अध्यक्ष सञ्जिव ढकाल, नमोबुद्ध ५ का मानबहादुर तामाङ, मण्डनदेउपुर नगरपालिका ७ का अध्यक्ष नारायणप्रसाद लम्साल, बनेपा नगरपालिका १४ का अध्यक्ष गौरी राउत, पनौती ८ का भगवान बस्नेतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रहरी दिवसकै अवसर पारी आयोजना गरिएको टेबल टेनिस प्रतियोगिताका विजयी खेलाडीहरुलाई संघिय प्रहरी ईकाई कार्यालय वागमतीका प्रमुख प्र.ब.उ.सौरभ राणाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रहरी हवल्दार ईन्द्र बहादुर तामाङ्ग र प्रहरी जवान सागत राना मगर प्रथम भएका थिए । त्यस्तै प्रहरी हवल्दारद्धय भगवान अधिकारी र यम बहादुर बस्नेतले दोश्रो पुरस्कार प्राप्त गरे । प्रहरी हवल्दार गंगा प्रसाद दंगाल र प्रहरी जवान रामनरेश प्रसाद कुर्मीले तेश्रो स्थान हासिल गरेका थिए । डबल ब्याड मिन्टनमा बिजयी खेलाडीहरुलाई नेपाली सेनाकोे २६ नं. बाहिनी अड्डा भकुण्डेका बाहिनीपति सहायक रथी मिनध्वज खड्काले पुरस्कार वितरण गरेका थिए । प्रहरी सहायक निरिक्षक बिष्णु बहादुर बस्नेत र प्रहरी हवल्दार प्रथम भएका थिए भने प्रहरी हवल्दार भगवान अधिकारी, प्र.ना.उ. दिपक गिरी र प्र.ना.नि. शिवहरी कार्की दोश्रो भएका थिए । प्र.ह. द्धारिका खवास र जवान दिनेश चौधरीले तेश्रो पुरस्कार प्राप्त गरेका थिए ।
अमर प्रहरी कर्मचारीहरुको परिवारलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.ले सम्मान गरेका थिए । सम्मान पाउनेहरुमा अमर प्रनानि देव कुमार खरेल काभ्रे खरेलथोक–६, प्रसनि हरि बहादुर शाही शारदाबतासे, प्रह ऋषि धिताल कानपुर, प्र.ह.रामचन्द्र के.सी., बनेपा नगरपालिका, प्रह गणेश प्रसाद मैनाली, बालुवा ८, प्रज ज्ञानुजंग थापा, शंखुपाटीचौर–६, प्रज सुदर्शन वास्ताकोटी, नाल्दुम बालुवापाटी –५, प्रज हरि सुन्दर थापा, रविओपी –६, प्रज टिकाराम त्रिपाठी, सस्युखर्क गा.वि.स.–३ रहेका छन् ।
उत्कृष्ट कार्य गर्नेहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पुरस्कार वितरण गरेका थिए । प्र.नि. दिपक कुमार राय, प्र.नि. निषेश चापागाई जि.ट्रा.प्र.का., परशुराम घिमिरे, प्रनानि कृष्ण बहादुर अधिकारी, प्रनानि भाईकाजी पोख्रेल खत्री, प्रनानि कुल प्रसाद श्रेष्ठ, प्रसनि कुमार चौलागाई, प्रसनि धर्मेन्द्र गिरी, प्रसनि काम बहादुर गुरुङ्ग, प्रसनि उमेश आचार्य, प्रसनि सरोज लोहनी, प्रसनि राधेश्याम उपध्याय, प्र.ह हरिनारायण प्रसाद यादव, चितरंजन पाण्डे, प्र.ज.राधिकसुन प्रसाद जैसवाल, प्र.ज. रमेश थिङ तामाङ्ग, प्र.ज.पार्वती बोहरा, प्र.ज.बिजय प्रसाद यादव, प्र.ज. आश बहादुर गुरुङ, प्र.ज.राजेन्द्र बस्नेत रहेका छन् ।





