2026 April 16/ 10:20: 44pm

नाला/इन्टरनेशनल क्यकुशिन कराँते फेडरेसन (आईकेकेएफ)को चौथो बेल्ट प्रमोशन गत शनिवार नालामा भुतपूर्व जिल्ला खेलकूद अध्यक्ष सौरवराज कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जसमा पुरुषतर्फ २३ र महिलातर्फ ६ जना गरी २८ जना कराँते खेलाडीले सहभागिता जनाएका थिए । ह्वाइट बेल्टदेखि ब्राउन बेल्ट सम्मको प्रमोशन भएका थिए । बेल्ट प्रमोशनका लागि पूर्ण अंक २००, पास मार्क ८० रहेको थियो । १० क्यू मा ५ जना, ९ क्यूमा १३ जना, ८ क्यूमा २ जना, ७ क्यूमा २ जना, ५ क्यूमा १, ३ क्यूमा ३ जना र २ क्यूमा २ जनाले आफ्नो खेल, कौशल काँटा, फाइट गरेर बेल्ट प्रमोशन भएका थिए । नेपालका आइकेकेएफ कराँते चिफ प्रेमलाल श्रेष्ठ र  सिनियर खेलाडी मोहनप्रधानको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चौथो डान, अन्तर्राष्ट्रिय रेफ्री नाला डोजोका प्रशिक्षक गोविन्दलालले गरेका थिए ।