बनेपा, नासिका/बनेपा नगरपालिकाको नासिका १३ र आसपासका वडा तथा भत्तपुर जिल्लाको सिमानामा समेत जोडिएको बासुकी थुम्कीमा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरको संरचनाको सम्भाब्यता अध्ययन तथा स्थानको अवलोकनका लागि जिल्लाको टोली बासुकी स्थान पुगेको छ ।
१८५५ मिटर अग्लो थुम्कीमा ऐतिहासिक विशेषता रहेको छ । हरियाली पार्क तथा बनजंगललाई संरक्षण गर्दै विविधताको समेत प्रचार प्रसार गरी पर्यटकिय स्थल बनाउन उक्त स्थानमा प्रदेश सरकारले योजना तय गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी रविराज खड्का, बरिष्ठ पत्रकार कनकमणी दिक्षित, उपप्रमुख रेखा सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्षहरु सुर्यनारायण नापित, चन्द्रबहादुर खड्का, शिव थापा, कार्यपालिका सदस्यहरु प्रमिला पाण्डे, सुरेन्द्र भुजेल, सरिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।





